+
Search

ताजा अपडेट +

पपुलर +

कम्युनिस्ट पार्टीहरूबीच सहकार्य गर्न ढिला गर्न हुँदैन : नारायणकाजी श्रेष्ठ

फाइल तस्बिर
पालिका लाइभ
२०८३ श्रावण ९, शनिबार

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी  (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले नेपाली कम्युनिस्ट आन्दोलन सिङ्गैको एकीकरण, रूपान्तरण र पुनर्गठनको प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका छन्।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कम्युनिस्ट पार्टीहरूले पहिला आआफ्नो पार्टी पुनर्गठन गर्नुपर्ने बताए।

उनले भने, ‘अहिले तत्काल सम्भव भइहालेको छ भन्ने होइन, अहिले आ–आफ्नो पार्टीको रूपान्तरण र पुनर्गठन गरौँ, कार्यगत एकता र सहकार्यको प्रक्रिया अगाडि बढाऔँ, रूपान्तरित र पुनर्गठित कम्युनिस्ट पार्टीहरूले सिङ्गो कम्युनिस्ट आन्दोलनको एकीकरण, रूपान्तरण र पुनर्गठनको प्रक्रियालाई नयाँ उचाइमा पुर्‍याऔँ।’

नयाँ वैचारिकको आधारमा कम्युनिस्ट आन्दोलनलाई बढाउनुपर्ने बताए।

उनले थपे, ‘नयाँ वैचारिक भनेको मार्क्सवाद, वामपन्थ र समाजवाद छोड्ने होइन। मार्क्सवाद, वामपन्थ र समाजवादलाई पक्रने, तर आजको सन्दर्भमा मार्क्सवादलाई अझै विकसित गरेर नेपालको सन्दर्भमा राजनीतिक कार्यदिशा र कार्यनीतिहरूको शृङ्खला सिर्जनात्मक रूपले विकास गरेर आजको आवश्यकता हो।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ