काठमाडौं– डी.एस. इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको नेपाली कथानक चलचित्र ‘हवन’ को छायांकन सम्पन्न भएको छ। निर्माण पक्षले चलचित्रको सम्पादन अन्तिम चरणमा पुगेको जनाउँदै छिट्टै आइटम गीत सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ।
चलचित्रले समाजमा पछाडि पारिएको वर्गको संघर्ष, मानव तस्करीविरुद्धको अभियान तथा राष्ट्रिय-अन्तर्राष्ट्रिय आपराधिक सञ्जालविरुद्धको कथालाई मुख्य विषयवस्तु बनाएको निर्माण पक्षको दाबी छ।
प्रकाश अभिराजको निर्माण रहेको चलचित्रको लेखन तथा निर्देशन शिव आचार्यले गरेका छन्। चलचित्रमा नेपाली र भारतीय कलाकारहरूको अभिनय रहेको छ।
चलचित्रमा राजेन्द्र खड्की, पुजना प्रधान, प्रकाश अभिराज, रजनी केसी, शिव आचार्य, पनाह अधिकारी, श्रेया दुलाल, भगवान भण्डारी, काजीमान महर्जन, बिजेन भाटी, द्रोण केसी, भेषराज जैसी र ओजस्वी आचार्यलगायत कलाकारको अभिनय रहेको छ।
रामकृष्ण चौलागाईं र शिव पन्तको छायांकन रहेको चलचित्रमा सुरेन सिर्जन र वीरेन्द्र खड्काको शब्द तथा संगीत रहेको छ। चलचित्रका गीतमा सिम्रन परियार, तृप्ति खड्का गुरुङ र वीरेन्द्र खड्काले स्वर दिएका छन्।
चलचित्रको द्वन्द्व निर्देशन राजु किरातले गरेका छन् भने नृत्य निर्देशन विवेक थापा र अर्जुन सिलवालको रहेको छ। शृंगार गोपी हमालले गरेका छन्। क्रिएटिभ निर्देशकका रूपमा सुधान्शु पाण्डे तथा मुख्य सहायक निर्देशकका रूपमा सुरेन सिर्जन रहेका छन्।
निर्माण पक्षका अनुसार चलचित्रको छायांकन पोखरा, मनाङ, मुस्ताङ र पाल्पालगायतका विभिन्न रमणीय स्थानमा गरिएको हो। चलचित्रको सम्पादन हाल ग्लोबल रिल मोसन पिक्चर्समा भइरहेको छ। प्रदर्शन मिति भने अझै सार्वजनिक गरिएको छैन।
प्रतिक्रिया