+
Search

ताजा अपडेट +

पपुलर +

एसईईको नतिजा एसएमएस, आईभीआर र वेबसाइटमा हेर्न सकिने (सूची)

पालिका लाइभ
२०८३ बैशाख २७, आईतवार

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ भने नजिता हेर्न सकिने माध्यमबारे जानकारी दिएको छ।

आइतबार बोर्डको परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गरी एसईईको नतिजा हेर्ने माध्यमबारे जानकारी दिएको हो। एसएमएस गरेर वा सिधै वेबसाइटमा गएर एसईईको नजिता हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

सूचनाअनुसार, नियमित र ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस र आईभीरबाट तीन ठाउँबाट जान्न सकिनेछ। त्यस्तै, १४ वटा वेबसाइटमा पनि प्रकाशन हुने कार्यालयले जनाएको छ।

एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिका: तल दिइएका सर्टकोडमा एसएमएस पठाएर वा फोन गरेर आफ्नो नतिजा प्राप्त गर्न सकिनेछ।

नेपाल टेलिकम: १६०० (SMS/USSD र IVR सेवा)

जानकी टेक्नोलोजी: ३५००१ (SMS सेवा मात्र)

एम्बिसन गुरु: ३१०६९ (SMS सेवा मात्र)

वेबसाइटबाट नतिजा हेर्ने ठेगानाहरू: इन्टरनेटको माध्यमबाट विस्तृत नतिजा र मार्कसिट हेर्नका लागि कार्यालयले सरकारी तथा निजी क्षेत्रका १४ वटा वेबसाइटलाई अनुमति दिएको छ।

राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट : www.see.gov.npwww.neb.gov.np

नेपाल टेलिकम : www.see.ntc.net.np

कान्तिपुर पब्लिकेसन्स : www.ekantipur.com

इडियु सञ्जाल : www.see.edusanjal.com

खल्ती: https://khalti.com/app

कलेज इन्फो नेपाल प्रालि : see.collegeinfonepal.com

द कनेक्ट प्लस प्रालि : https://theconnectplus.com

एनसेल आजियाटा लिमिटेड : https://ncellapp.ncell.com.np/result

निमा एजुकेशन फाउन्डेसन : result.neemaacademy.com

फोनिक्स एजुकेशन फाउन्डेसन : resultayo.com

एम्बिसन गुरु प्रालि : see.ambition.guru

एनईबी रिजल्टस एन्ड न्युज प्रालि : https://see.merostudy.net

इन्द्रेणी टाइम्स नेटवर्क प्रालि: nebeducation.com/see

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ