+
Search

ताजा अपडेट +

पपुलर +

प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

पालिका लाइभ
२०८३ बैशाख २३, बुधबार

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वसिष्ठनारायण यादवसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कागती पकेट विकास कार्यक्रममा अनियमितता गरेको भन्दै आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

लागत अनुमान बमोजिमको काम नगरी फिल्डमा नभएको कामको समेत नापी गरी ११ लाख ६९ हजार ७६० रुपैयाँ भुक्तानी गरिएको आयोगको दाबी छ ।

उक्त मुद्दामा सोही पालिकाको वडा नम्बर १२ का तत्कालीन वडाध्यक्ष गंगाबहादुर पुन, पालिकाका तत्कालीन इन्जिनियर खुबीराज शाही, सब(इन्जिनियर कमलप्रसाद केसीलाई पनि प्रतिवादी बनाइएको छ ।

त्यसैगरी, तत्कालीन कम्प्युटर अपरेटर चित्रबहादुर केसी, तत्कालीन कृषि प्राविधिक ओमप्रकाश ओली, तत्कालीन सह(लेखापाल नवराज खडका र पुथा हिमालयन अर्ग्यानिक कृषि प्रालि र त्यसका प्रोप्राइटर सुजन पुनविरुद्ध पनि मुद्दा लगाइएको छ ।

त्यसैगरी, सोही परियोजना अन्तर्गत बंगुर पकेट विकास कार्यक्रमअन्तर्गत ९ लाख ६७ हजार ३७८ रुपैयाँ अनियमितता भएको भन्दै ७ जनाविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ