+
Search

ताजा अपडेट +

पपुलर +

ग्यालेक्सी जेडफोल्ड ६ र ग्यालेक्सी जेडफ्लिपमा ५० हजारसम्मको क्यासब्याक

पालिका लाइभ
२०८२ आश्विन ७, मंगलवार

काठमाडौं- सामसङ नेपालले ग्यालेकसी जेडफोल्ड६ र ग्यालेक्सी जेडफ्लिप६ को मूल्य घटाउने भएको छ।

दशैँको अवसरमा कम्पनीले यी फोन खरिदमा ५० हजार रुपैयाँसम्मको क्यासब्याक दिने भएको हो।

सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले दशैँमा कम्पनीले फोल्डेबल फोनहरु पहिलेभन्दा सस्तो मूल्यमा बिक्री गर्ने बताए।

उनका अनुसार २ लाख २९ हजार ९९९ पर्ने जी फोल्ड६ (१२ प्लस ५१२ जीबी)लाई ग्राहकले १ लाख ७९ हजार ९९९ रुपैयाँमा खरिद गर्न पाउनेछन्। त्यसैगरी २ लाख १४ हजार ९९९ रुपैयाँ पर्ने जी फोल्ड६ (१२ प्लस २५६ जीबी)लाई १ लाख ६४ हजार ९९९ रुपैयाँमा खरिद गर्न सकिनेछ। दुवैमा ५० हजार क्यासब्याक दिइएको कम्पनीले उल्लेख गरेको छ।

यता १ लाख ३९ हजार ९९९ रुपैयाँ पर्ने जी फ्लिप६ (१२ प्लस २५६ जीबी)लाई ९९ हजार ९ सय ९९ रुपैयाँमा खरिद गर्न सकिनेछ। यो फोनमा ४० हजार रुपैयाँ क्यासब्याक दिइएको छ।

यी फोनहरु सामसङ स्टोरहरुमा उपलब्ध सामसङ इन्स्टा फाइनान्स सेवामार्फत शून्य प्रतिशत ब्याजमा किस्तामा समेत किन्न पाइने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ