+
Search

ताजा अपडेट +

पपुलर +

गौरादहका मेयर सुवेदीमाथि हातपात

पालिका लाइभ
२०८२ फाल्गुन २५, सोमबार

झापा– गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीमाथि उनकै घरमा हातपात भएको छ । आइतबार साँझ उनीमाथि अभद्र व्यवहार गर्दै एक व्यक्तिले हातपात गरेका हुन् ।

प्रहरीका अनुसार गौरादह-५ राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भीष्म सिटौलाले मेयर सुवेदीको घरमै पुगेर गालीगलौज गर्दै हातपात गरेका हुन् ।

हातपात गरेको आरोपमा प्रहरीले सिटौलालाई पक्राउ गरेको छ । मेयर सुवेदीको जाहेरीपछि पक्राउ परेका व्यक्तिमाथि अभद्र व्यवहार मुद्दामा म्याद थप गरिएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी किशोर लम्सालले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका व्यक्ति केही समयअघि मात्रै जापानबाट फर्किएका थिए । मदिरा सेवनपछि हातपात गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

सुवेदी नेकपा एमालेबाट गौरादह नगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ