काठमाडौं– धरान महानगरका मेयर हर्क साम्पाङले कुलमान घिसिङ र महाबीर पुनलाई असफल बनाउने खेल खेलिने आशंका व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै मेयर साम्पाङले यो सरकार जनताको नभएको भन्दै विदेशीले बनाइदिएको आरोप लगाउँदै आलोचना गर्दै आएका छन् ।
यसै प्रसंगमा उनले कुलमान घिसिङ र महावीर पुनलाई असफल बनाउने खेल खेलिने आशंका व्यक्त गरेका हुन् ।
उनले भनेका छन्- ‘कुलमान र महावीर पुनलाई समेत असफल बनाउने खेल खेलिन्छ कि भन्ने खतरा र पिर छ है किनकि सरकार हाम्रो आफ्नो होइन !’
प्रतिक्रिया