विराटनगर– कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत बढुवा समितिले स्थानीय सरकारी सेवा, पाँचौँ तहमा १६८ जना कर्मचारीलाई बढुवाका लागि सिफारिस गरेको छ।
प्रदेश लोक सेवा आयोगको बढुवा सूचनाअनुसार ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा बढुवाको प्रक्रिया पूरा भएको हो। बढुवा समितिले साउन २५ गतेको बैठकमार्फत सिफारिस सूची अनुमोदन गरेको र सोमबार सूचना प्रकाशित गरेको हो।
यो सिफारिस स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन, २०५० को दफा ३९ बमोजिम गरिएको हो। उनीहरूलाई देहायका स्थानीय तहमा पदस्थापन गरिने जनाइएको छ।
यसअघि कर्णाली प्रदेश सरकारले ३०५ जना स्थानीय तहका कर्मचारीको अन्तरपालिका सरुवा गरिएको थियाे ।
सूचीसहित

प्रतिक्रिया