+
Search

ताजा अपडेट +

पपुलर +

रास्वपा तेस्राे वर्षमा:

जेलबाट रविको अपिल– बेथितिका वाहकलाई निवेदन दिएर विधिको शासन आउँदैन

फाइल तस्बिर
पालिका लाइभ
२०८२ असार ७, शनिबार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भैरहवा कारागारबाट २० पृष्ठको अपिल प्रकाशित गर्दै आफूलाई षड्यन्त्र र प्रतिशोधपूर्वक कैद गरिएको भन्दै जनताबाट न्याय मिल्ने विश्वास व्यक्त गरेका छन् ।

उनले रास्वपाले संसदमा, अनि विगतमा सरकारमा खेलेको भूमिकाको प्रशंसा गर्दै थोरै संख्यामा रहेका आफ्ना सांसदको अनुपस्थितिमा संसदको कल्पना पनि गर्न नसकिने उल्लेख गरेका छन् ।

लामिछानेले आफूलाई विगतमा कांग्रेसबाट प्रधानमन्त्री नै बन्ने अफर आएको दाबी गर्दै राजनीतिक स्वार्थवश आफूलाई अहिले अलग पारिएको जिकिर गरेका छन् ।

उनले किस्तीमा पाएको प्रधानमन्त्री नखाँदा आज दण्डपूर्वक जेल हालिएको भन्दै सहकारी ठगी अभियोगमा आफूमाथि चलेको कानुनी कारबाहीको विरुद्धमा र आफ्नो पक्षमा बचाउ गरेका छन् ।

लामिछानेले वक्तव्यमा भनेका छन्, ‘बचतकर्ताको रकम फिर्ता गर्ने उद्देश्यले खडा भएको छानबिन समितिको बाह्रसय पृष्ठको प्रतिवेदन मात्र मेरा विरुद्ध कार्यान्वयन भयो । त्यो पनि छलपूर्वक, बलपूर्वक ।’

उनले आफूमाथि कानुनअनुसार चल्नैनपर्ने र चल्न नहुने मुद्दासमेत लगाइएको भन्दै आपत्ति जनाएका छन् । उनले अहिले सत्तामा बेथितिका बाहकहरु रहेको भन्दै उनीहरुलाई अनुरोध गरेर, निवेदन गरेर देशमा सुशासन र विधिको शासन नआउने भन्दै थप संघर्षका लागि आह्वान गरेका छन् ।

रास्वपाले तेस्रो वार्षिकोत्सव मनाइरहेका बेला सभापति लामिछानेको यो वक्तव्य आएको हो ।

यस्तो छ लामिछानेको वक्तव्यको पूर्णपाठ :

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ