+
Search

ताजा अपडेट +

पपुलर +

रास्वपा सांसदहरूलाई संसद्‍बाट निष्काशन गर्न कांग्रेसको माग

पालिका लाइभ
२०८२ असार ३, मंगलवार

काठमाडौं– प्रमुख सत्तारुढ नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विरोधमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूलाई संसद् बैठकबाट निष्कासन गर्न माग गरेको छ ।

मंगलबार दिउँसो २ बजे बसेको प्रतिनिधिसभा बैठकमा नियमापत्ति जनाउँदै कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले यस्तो माग राखेका हुन् ।

‘सभामुख महोदय, संसद् सचिवालयको नियमावली ३० मा अभद्र व्यवहार नियन्त्रणको व्यवस्था छ । नियम ३१ मा बैठक कक्षबाट निष्कासनको प्रावधान छ,’ उनले नीलो स्कार्फ लगाएर आएका रास्वपा सांसदहरूतर्फ सङ्केत गर्दै भने, ‘नीलो स्कार्फ लगाएर संसद्मा आउनु मर्यादित हो कि होइन ? भोलि हाफ प्यान्ट मात्र लगाएर वा जथाभावी पोशाकमा आएमा त्यो संसद्को मर्यादामा पर्छ कि पर्दैन ?’

उनले सभामुखलाई रास्वपा सांसदहरूलाई चेतावनी दिएर निष्कासन गर्न आग्रह गरे ।

‘सभामुखले चेतावनी दिएर उनीहरूलाई संसद्बाट निष्कासन गर्नुपर्छ,’ उनले भने, ‘यो संसद्को मर्यादाविपरीतको कार्य हो । यसमा उचित निर्णय लिन जरुरी छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ