+
Search

ताजा अपडेट +

पपुलर +

बीचबाटै काठमाडौँ फर्कियो

इन्जिनमा समस्या देखिएपछि समिट एयरको जहाज आकस्मिक अवतरण

समिट एयरको काठमाडौंबाट लुक्ला उडेको जहाज रामेछाप नजिकै इन्जिनमा समस्या आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ। जहाजमा रहेका सबै यात्रु सुरक्षित छन् भने प्राविधिक टोलीले समस्या छानबिन गरिरहेको छ।

पालिका लाइभ
२०८२ जेष्ठ ५, सोमबार

काठमाडौं– काठमाडौंबाट लुक्ला जाँदै गरेको समिट एयरको एउटा जहाज इन्जिनमा समस्या देखिएपछि काठमाडौंमै फर्किएको छ ।

आज बिहान ६ः१२ बजे काठमाडौंबाट उडेको जहाज रामेछाप पुग्दा समस्या देखिएपछि काठमाडौं फर्किएको हो ।

नाइन एन एएमजी कल साइनको सो जहाजलाई आकस्मिक अवतरण गराइएको छ ।

जहाजलाई आकस्मिक अवतरण गराउनका लागि काठमाडौंको विमानस्थलमा अन्य उडान–अवतरण केहीबेर रोकिएको थियो ।

‘एउटा इन्जिनमा समस्या देखिएको थियो । अहिले जहाज सुरक्षित रुपमा अवतरण गरिसकेको छ,’ स्रोतले भन्यो ।

विमानस्थलका महाप्रवन्धक जगन्नाथ निरौलाका अनुसार जहाजको एउटा इन्जिनमा समस्या देखिएको थियो।

जहाज बिहान ६:१२ मा काठमाडौंबाट उडेको थियो। ‘जहाज सकुशल अवतरण गराइएको छ, इन्जिनियरहरूले जहाज हेरिरहेका छन्,’ निरौलाले भने।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ