+
Search

ताजा अपडेट +

पपुलर +

दुई नयाँ मन्त्री थपिए : उद्योगमा गौरीकुमारी र श्रममा रामजी नियुक्त

पालिका लाइभ
२०८२ चैत्र २७, शुक्रबार

काठमाडौं– सरकारले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग र श्रम मन्त्रालयको जिम्मेवारी सुम्पेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव नियुक्त भएका छन्।

नवनियुक्त दुवै मन्त्री रास्वपाका बहालवाला सांसद हुन्। नवनियुक्त मन्त्रीद्वयले आजै राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहबिच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।

शपथ ग्रहण लगत्तै उनीहरूले आ-आफ्नो मन्त्रालय पुगेर पदभार ग्रहण गर्नेछन्।

यसअघि श्रम मन्त्रालयको जिम्मेवारी पाएका दीपक शाह विवादमा परेपछि हटाइएको थियो भने उद्योग मन्त्रालय प्रधानमन्त्री बालेन्द्र शाहले आफै राख्दै आएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ