+
Search

ताजा अपडेट +

पपुलर +

चैत १३ गते बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउने रास्वपाको तयारी, मन्त्रीले पनि शपथ लिँदै

पालिका लाइभ
२०८२ चैत्र ५, बिहीबार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) चैत १३ गते प्रधानमन्त्रीको शपथ लिन तयारीमा छन्।

बिहीबार साँझ भएको रास्वपा शीर्षनेता बैठकमा यही मिति तय भएको जानकारी आएको छ। छलफलमा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले सहभागी थिए।

यसअघि बिहीबार अपराह्न संघीय संसद् सचिवालयले नवनिर्वाचित सांसदको शपथ ग्रहण मिति तय गरेको थियो। प्रतिनिधि सभा प्रतिनिधित्व गर्ने ६ दलसँगको छलफलपछि चैत १२ गते दिउँसो २ बजे शपथ ग्रहण हुने तय भएको हो।

सांसदले शपथ ग्रहण गरेपश्चात् भोलिपल्ट प्रधानमन्त्रीको शपथ लिने तयारी गरिएको रास्वपाले जनाएको छ।

रास्वपा उपसभापति स्वर्णिम वाग्लेले आजको छलफलको जानकारी सामाजिक सञ्जालमार्फत फोटोसहित शेयर गर्दै लेखेका छन्, ‘राजकाज। आज साँझको छलफल।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ