काठमाडाैं– सल्यानमा २९ हजार ६१३ मत गणना सकिएको छ ।
अहिलेसम्म नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का रमेश मल्लले अग्रता कायम राखेका छन् ।
पछिल्लो परिणाम अनुसार ९ हजार १०२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका ललित चन्दले ६ हजार ८६४ मत प्राप्त गरेका छन् ।
त्यस्तै, नेपाली कांग्रेसका केशबहादुर विष्टले ५ हजार ८२६ मत तथा नेकपा एमालेका गुलाबजङ्ग शाहले ५ हजार १८७ मत प्राप्त गरेका छन् ।
हालसम्मको गणनामा २८ हजार २७३ सदर र १३४० मत बदर भएको छ ।
अहिले शारदा नगरपालिका र कालीमाटी गाउँपालिकाको मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया