+
Search

ताजा अपडेट +

पपुलर +

फेरि लखेटिए रास्वपाका चुनावी कमान्डर आचार्य

पालिका लाइभ
२०८२ फाल्गुन १८, सोमबार

गाेरखा– गोरखा नगरपालिका–१० छेवेटारमा सोमवार दिउँसो भोट माग्दै गएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हरिशरण आचार्यलाई स्थानीयले लखेटेका छन्।

स्थानीय शेखर पन्तको घरमा पुगेका बेला आचार्यमाथि स्थानीयले प्रतिवाद गरेका हुन्।

पन्तकी छोरी सृजना पन्तले आचार्यमाथि तत्कालीन सशस्त्र द्वन्द्वको समयमा दिएको धम्की र घरमा आएर परिवारलाई डर बनाएको कुरा स्मरण गराइन्। उनले भनिन्, ‘संकटकालको बेला बारम्बार घरमा आएर बुबालाई छात्तिमा बन्दुक तेस्र्याएर मार्छु भनी धम्की दिने गर्थे। उसकै कारण हामी गाउँमा बस्न नसक्दा काठमाडौं बिस्थापित हुनुपरेको थियो। आज भोट माग्न आएपछि हामीले पहिलेको कुरा याद छ कि छैन भनेर प्रतिवाद गरेकाे हाे।’

याे पनि,

फेरि लखेटिए रास्वपाका चुनावी कमान्डर आचार्य

सृजनाले यो घटना पार्टीगत हिसाबले नभई व्यक्तिगत हिसाबले भएको स्पष्ट पारिन्। उनी नेपाली कांग्रेस निकटकी हुन् । उनले थपिन्, ‘यस्तो अराजक र हिंस्रक व्यक्तिलाई स्थान दिनु हुदैन। केही दिनअघि यसैलाई सहिद परिवारले पनि लखेटेका थिए। हामीले आफ्नो न्याय र सुरक्षाको लागि कदम चाल्नु परेको हो।’

आचार्यले भने घटना राजनीतिक प्रतिशोधको रुपमा भएको दाबी गरे। उनले भने, ‘कांग्रेस, माओवादी सबैसँग डर छैन, तर स्थानीयले राजनीतिक रुपमा आक्रोश देखाउँदै प्रतिवाद गरेका हुन्। मैले आफूमाथि गालिगलौज भएको कुरा स्वीकार्छु।’

आचार्य यसअघि तत्कालिन माओवादीबाट नयाँ शक्ति पार्टीमा प्रवेश गरेका थिए र पछि रास्वपामा आबद्ध भएका हुन्। बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा हुँदा उनी गण्डकी प्रदेश सांसद तथा उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीसमेत बनेका थिए।

हाल उनी रास्वपाको चुनावी कमाण्डरको भूमिकामा निर्वाचनमा सक्रिय छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ