काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएको विदेश भ्रमण रोक र काठमाडौं उपत्यका छाड्न नपाउने प्रतिबन्ध फुकुवा भएको छ ।
भाद्र २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले ओलीमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो ।
आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृतिबेगर काठमाडौं उपत्यका छाड्न नपाउने निर्णय गरिएको थियो ।
जेनजी आन्दोनको घटनाका सम्बन्धमा प्रधानमन्त्रीको हैसियतले उनले गरेका कामकारबाही सम्बन्धमा आयोगबाट उनिसँग सोधपुछ लगायत बुझ्ने कार्य सम्पन्न भइसकेकाले उनको विदेश भ्रमण र उपत्यका छाड्न नपाउने निर्णयको औचित्य समाप्त भएकाले फुकुवा गरिदिएको आयोगले जनाएको छ ।
प्रतिक्रिया