+
Search

ताजा अपडेट +

पपुलर +

रिज लाइन इनर्जीको आईपीओमा आजदेखि आवेदन दिन सकिने

पालिका लाइभ
२०८२ पुष १३, आईतवार

काठमाडौं– रिज लाइन इनर्जी लिमिटेडले आज पुष १३ गतेदेखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आजदेखि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २६ करोड ७ लाख रुपैयाँबराबरको २६ लाख ७ हजार कित्ता आइपीओ निष्काशन गर्न अनुमति पाएको थियो ।

जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात ११ करोड ८५ लाख रुपैयाँबराबरको १०० रूपैयाँ अंकित दरका ११ लाख ८५ हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको निष्काशन गरी बिक्री वितरण गर्नेछ ।

सार्वजनिक निष्काशन गरिने सेयरको १० प्रतिशत अर्थात १ करोड ४२ लाख २० हजार रकमबराबरको १०० रूपैयाँ अंकित दरका १ लाख ४२ हजार २०० कित्ता सेयर नेपाल सरकारको सम्बधित निकायबाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरी बिक्री वितरण गरिने छ ।

साथै, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई तथा नेपाल सरकारको सम्बधित निकायबाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि छुटयाईएका सेयर बाँडफाँट गरे पश्चात सर्वसाधारणलाई जारी पुँजीको १२ प्रतिशत अर्थात १४ करोड २२ लाख रकम बराबरको १०० रूपैयाँ अंकित दरका १४ लाख २२ हजार कित्ता सेयरमध्ये २८ हजार ४४० कित्ता (सर्वसाधारणको लागि छुट्याएको सेयरको २ प्रतिशत) कर्मचारीहरुलाई र ७१ हजार १०० कित्ता (सर्वसाधारणको लागि छुट्याएको सेयरको ५ प्रतिशत) सामूहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी ११ लाख ८० हजार २६० कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्काशन गरिनेछ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० र अधिकतममा ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्काशन बन्द छिटोमा पुस २८ गते र ढिलोमा माघ १२ गते हनेछ । वैदेशिक रोजगारीमा रहेका लागि भने आईपीओ निष्कासन बन्द छिटोमा पुस १७ गते र ढिलोमा पुस २८ गते हुनेछ ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले कम्पनीको गोरखास्थित कार्यालय,प्रभु क्यापिटलको कमलादी कार्यालय तथा कम्पनीले निर्माण गरेको अनलाइन लिंक, प्रभु बैंकको छेपेटार शाखा गोरखा र पालुङाटार शाखाबाट आवेदन दिन सक्नेछन्।

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ