+
Search

ताजा अपडेट +

पपुलर +

डेटलाइन फागुन २१:

प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावका लागि दल दर्ता आव्हान, यस्ता छन् शर्त

पालिका लाइभ
२०८२ कार्तिक २८, शुक्रबार

काठमाडौं– आगामी प्रतिनिधिसभा तथा राष्ट्रियसभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले राष्ट्रियसभाका लागि मंसिर १-७ र प्रतिनिधिसभाका लागि मंसिर १-१० सम्म दल दर्ता खुला गरेको हो ।

आउँदो फागुन २० गतेदेखि राष्ट्रियसभामा रिक्त हुने एक तिहाइ सदस्यका लागि माघ ११ मा निर्वाचनको मिति तोकिएको छ । त्यस्तै प्रतिनिधिसभा सदस्यको लागि फागुन २१ मा चुनाव हुनेछ ।

निर्वाचनमा भाग लिन चाहने दलहरूले केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि, वार्षिक लेखा परीक्षण प्रतिवेदन तथा अन्य आवश्यक कागजातसहित आयोगमा निवेदन पेस गर्न भनेको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि २ वा २ भन्दा बढी दल एकै चुनाव चिह्न लिएर भाग लिन चाहेमा त्यससम्बन्धी जानकारी पनि सोही निवेदनको साथमा बुझाउन भनिएको छ ।

आयोगको सूचना

15155Notice NEC

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ