+
Search

ताजा अपडेट +

पपुलर +

कुमारी बैंकको छात्रवृत्ति ‘कुमारी’ तृष्णा शाक्यलाई हस्तान्तरण

पालिका लाइभ
२०८२ कार्तिक १२, बुधबार

काठमाडौं– कुमारी बैंकले विगतका वर्षहरूमा संकलन गर्दै आएको शैक्षिक छात्रवृत्ति रकम जीवित देवी कुमारी तृष्णा शाक्य (निवर्तमान) लाई एक औपचारिक समारोहबीच हस्तान्तरण गरेको छ ।

बसन्तपुरकी जीवित देवी कुमारीको शैक्षिक प्रयोजनका लागि उनको कार्यकाल सुरु भएको वर्षदेखि हरेक वर्ष बैंकले एक लाखको दरले छात्रवृत्ति स्वरुप रकम प्रदान गर्दै आएको छ ।

एक कोष खडा गरी सो रकम जम्मा हुँदै आएको छ । यस छात्रवृत्तिको उद्देश्य कुमारीको कार्यकाल समाप्ति पश्चात उनको आगामी शैक्षिक यात्रामा सहयोग पुर्‍याउनु रहेको बैंकले जनाएको छ ।

सोही परम्परालाई निरन्तरता दिँदै, बैंकले कोषमा जम्मा भएको कुल रकम ७ लाख ३८ हजार ८११ रुपैयाँ ९५ पैसा छात्रवृत्ति स्वरुप निवर्तमान कुमारीलाई हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ