+
Search

ताजा अपडेट +

पपुलर +

बन्दीपुर केबलकारको आईपीओ आजदेखि बिक्री खुला

पालिका लाइभ
२०८२ भाद्र ११, बुधबार

काठमाडौं- बन्दीपुर केवलकार एन्ड टुरिजम लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ।

यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको आईपीओ बाँडफाँट भइसकेपछि सर्वसाधारणलाई निष्काशन गरिएको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४३ लाख ४१ हजार ८० कित्ता सेयर निष्काशन गर्न लागेको छ, जसको कुल मूल्य ४३ करोड ४१ लाख ८ हजार रुपैयाँ हुन्छ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आजदेखि भदौ १५ गतेसम्म आवेदन दिन सकिनेछ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।

इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि-आस्बा प्रणालीमार्फत वा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ