+
Search

ताजा अपडेट +

पपुलर +

जोय स्टोर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

पालिका लाइभ
२०८२ भाद्र २, सोमबार

काठमाडौं- काठमाडौं महानगरपालिका २२, न्युरोडको जोय स्टोर र प्रभु बैंक लिमिटेडबीच व्यावसायिक सम्झौता भएको छ।

बैंकका ग्राहक तथा कर्मचारीहरुलाई जोय स्टोरको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

प्रभु बैकंका कर्मचारी तथा ग्राहकहरुले आईफोनमा ५ प्रतिशत, म्याकबुकमा ५ प्रतिशत र एसेसरिजहरुमा २० प्रतिशत छुट पाउनेछन्। क्रेडिट कार्ड वाहकहरुले इन्स्ट्रापे स्किमबाट किस्ताबन्धी सुविधा पनि पाउने भएका छन्।

सो छुट सेवासुविधा जोय स्टोरमा प्राप्त गर्न सकिनेछ । उक्त सम्झौतापत्रमा जोय स्टोरका कार्यकारी निर्देशक गुरुदत्त शर्मा तथा प्रभु बैंकका चिफ मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ