काठमाडौं– ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा बैंकको खुद नाफा ६ अर्ब २० करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा ६ अर्ब १३ करोड रुपैयाँ थियो ।
खुद ब्याज आम्दानी सामान्य घटेको छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्ष १६ अर्ब ८५ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष १६ अर्ब ७१ करोड रुपैयाँ छ ।
बैंकको लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) बढेको छ । यस्तो रकम अघिल्लो अर्थिक वर्षको अन्त्यमा ३ अर्ब ६१ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष अन्त्यमा ४ अर्ब ३० करोड पुगेको छ ।
बैंकको प्रतिसेयर आम्दानी सामान्य घटेको छ ।
वार्षिक प्रतिसेयर आम्दानी पहिले १६.९९ रुपैयाँ रहेकोमा अहिले १६.२८ रुपैयाँ छ । कुल कर्जामा निष्क्रिय कर्जा केही बढेको छ ।
अघिल्लो आर्थिक वर्षको अन्त्यमा कुल कर्जामा निष्क्रिय कर्जाको अंश ४.१७ प्रतिशत रहेकोमा गत असार मसान्तसम्म आउँदा ४.८७ प्रतिशत पुगेको छ ।
बैंकको वितरणयोग्य नाफा ५ अर्ब ३७ करोड रुपैयाँ छ । प्रतिसेयर वितरणयोग्य नाफा १४ रुपैयाँ ११ पैसा हो । प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ रहेको बैंकको हाल बजार मूल्य जम्मा २५४ रुपैयाँ छ ।
प्रतिक्रिया