काठमाडौं- सरकारले आउँदो दशैंबाट सञ्चालनको तयारी गरेको नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ ।
यही साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर निर्धारण गरेको हो ।
नागढुङ्गा सुरुङमार्ग हुँदै गुड्ने कार-भ्यानहरूको काठमाडौं आउँदा ६५ र जाँदा ६० रुपैयाँ शुल्क तिर्नु पर्नेछ ।
त्यसै गरी मिनीबस -ट्रकको काठमाडौँ आउँदा ११५ र जाँदा ८० रुपैयाँ तिर्नुपर्ने छ ।
बस-ट्रकलाई भने काठमाडौं आउँदा २६० र जाँदा २०० सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
भारी उपकरण काठमाडौं आउँदा ६०० र जाँदा २५० शुल्क मन्त्रिपरिषद्ले निर्धारण गरेको छ ।
प्रतिक्रिया