काठमाडौं– नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसनले आयोजना गर्न लागेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को तयारी तीव्र रूपमा अगाडि बढिरहेको छ ।
२१ देखि २५ साउनसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा आयोजना हुने यस एक्स्पोमा ५० भन्दा बढी ब्रान्डको सहभागिता रहने छ ।
१५ दुई पाङ्ग्रे, १५ चार पाङ्ग्रे र ५ व्यावसायिक नयाँ सवारीसाधन सार्वजनिक गरिने यस प्रदर्शनी स्थलमा अपांगमैत्री संरचना, सुधारिएको ढल निकास व्यवस्था र सुरक्षा तथा आपत्कालीन सेवाको समुचित व्यवस्था मिलाइँदै छ ।
प्रदर्शनी केन्द्र निर्माण कार्यमा व्यस्त मिडिया स्पेस सोलुसन्सका संस्थापक श्रीजल भट्टराई भन्छन्, ‘यो पालिको एक्स्पोमा उपभोक्ताहरूलाई उत्कृष्ट सेवा प्रदान गर्न हामीले नेपालमै पहिलो पटक डबल प्लाईसहितको अन्तर्राष्ट्रिय सत्रको संरचना निर्माण गर्दैछौं ।’
प्रदर्शनीको प्रवेश टिकट खल्ती बाई आईएमई एपमार्फत अग्रिम खरिद गर्न सकिन्छ ।
यसका साथै सधैँभरि पार्किङ समस्याले सताउने प्रदर्शनी स्थलमा यस पटक भने पार्किङ व्यवस्थाका लागि नाइमाले पठाओसँगको सहकार्यमा भृकुटीमण्डप गन्तव्य हुने राईडहरूमा ३० प्रतिशतसम्म छुट व्यवस्था गरेको छ ।
नाइमाको आयोजनामा हुन लागेको यो एक्स्पो नेपालमा हालसम्मकै सबैभन्दा ठुलो र प्रभावकारी अटोमोबाइल प्रदर्शनी हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया