काठमाडौं– एनएमबी बैंक र मन्दाकिनी हाइड्रोपावर कम्पनी जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता भएको छ ।
मन्दाकिनीद्वारा प्रवर्द्धित कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित २.९ मेगावाट क्षमताको सार्दी खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्न दुई पक्षबिच सोमबार समझदारी भएको हो । यस आयोजनामा एनएमबी बैंकको एकल ऋण लगानी रहेको छ ।
उक्त आयोजनाको करिब लागत ६६ करोड १८ लाख ९४ हजार रहनेछ । त्यसमध्ये बैंकले ४६ करोड ३३ लाख २५ हजार लगानी गर्नेछ ।
सम्झौतामा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे र मन्दाकिनीका प्रमुख कार्यकारी अधिकृत शरद कुमार दाहालले सम्झौता पत्र आदानप्रदान गरे ।
कार्यक्रममा सीईओ घिमिरेले आयोजना निर्धारित लागत तथा समयमा नै सम्पन्न गर्न मन्दाकिनी हाइड्रोपावरलाई आग्रह गरेका थिए ।
मन्दाकिनीले यसअघि ४ मेगावाट क्षमताको आयोजना विकास गरिसकेको छ । २०७४ साल मंसिर २३ गतेदेखि व्यावसायिक उत्पादन भइरहेको छ ।
एनएमबि बैंकले ‘इन्भाइरोन्मेन्टल एन्ड सोसियल म्यानेजमेन्ट सिस्टम’ अन्तर्गत हालसम्म १८६ परियोजनामा प्रारम्भिक पर्यावरणीय तथा सामाजिक मूल्याङ्कन सम्पन्न गरेको छ।
सन् २०२२ मा लागू गरिएको ‘इन्भाइरोन्मेन्टल एन्ड सोसियल रिस्क म्यानेजमेन्ट’ नीतिका आधारमा बैंकले वातावरणमैत्री र सामाजिक रूपमा उत्तरदायी लगानी प्रवर्द्धन गर्दै आएको छ। यस प्रणालीमार्फत परियोजनाको जोखिम वर्गीकरण, असर मूल्याङ्कन र न्यूनीकरण उपाय अपनाइन्छ।
एनएमबी बैंकले हाल देशभरि २०२ शाखा, १८७ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा दिइरहेको छ।
प्रतिक्रिया