काठमाडौं– नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ बयानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा पुगेकी छिन् ।
कास्कीको पोखरा बाटुलेचौरस्थित ‘लिची बगान’ को १ सय ३४ रोपनी जग्गा हडप्ने प्रपञ्चमा मुछिएपछि बयान दिन श्रेष्ठ अख्तियार पुगेकी हुन् ।
तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र बिचौलिया सुजन लामाबीच भएको घूस ‘डिल’ प्रकरणमाथि आयोगले अनुसन्धान गर्ने क्रममा सांसदसमेत रहेकी श्रेष्ठको पनि संलग्नता देखिएको भन्दै बयानका लागि बोलाइएको हो ।
अख्तियार स्रोतका अनुसार श्रेष्ठको ’भ्वाइस टेस्ट’ पनि लिइँदै छ । घूस प्रकरणमा सार्वजनिक भएको अडियोसँग मेल खान्छ कि खाँदैन भन्ने जाँच गर्नलाई उनको ‘भ्वाइस टेस्ट’ लिइने भएको हो ।
प्रतिक्रिया