+
Search

ताजा अपडेट +

पपुलर +

स्टार्टअप कर्जामा ६६१ परियोजना सिफारिस, ८८ करोडभन्दा बढी कर्जा प्रवाह

पालिका लाइभ
२०८२ श्रावण ३, शनिबार

काठमाडौं– नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप उद्यम कर्जाका लागि सिफारिस गरिएका ६६१ परियोजनामध्ये ६०० परियोजनाले अहिलेसम्म ८८ करोड ६६ लाख २५ हजार बराबरको सहुलियतपूर्ण कर्जा प्राप्त गरिसकेको जनाएको छ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले २०८१ भदौ ११ गते सूचना प्रकाशित गर्दै परियोजना प्रस्ताव माग गरेकोमा कुल ५,१५८ प्रस्ताव प्राप्त भएका थिए।

प्रारम्भिक मुल्यांकनपछि १ हजार ३१४ प्रस्ताव प्रारम्भिक सूचीमा सूचीकृत गरिए पनि व्यावसायिक प्रस्तुतिमा १ हजार ७३ प्रस्ताव मात्र सहभागी भएका थिए। तिनै प्रस्तुतिहरूको मुल्यांकनका आधारमा ६६१ परियोजना छनोट गरी राष्ट्रिय वाणिज्य बैंकमार्फत कर्जा प्रवाहका लागि सिफारिस गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता जितेन्द्र बस्नेतले प्रशासनलाई जानकारी दिएका छन् ।

कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनी ऐन, २०६३ (संशोधनसहित) को दफा ८१ को उपदफा (७) बमोजिम कम्पनी प्रशासन सूचना प्रणाली मार्फत प्राप्त भएका ६९,४३० वार्षिक विवरणहरू विद्युतीय अभिलेखमा राखी फछ्र्योट गरिएको जनाएको छ।

यो विवरण २०८१ पौष २९ गतेदेखि २०८२ असार मसान्तसम्मका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ