+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल लाइफद्वारा १० अर्ब रुपैयाँ प्रथम बिमा शुल्क आर्जन गर्दै रेकर्ड कायम

पालिका लाइभ
२०८२ श्रावण १, बिहीबार

काठमाडौं- जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (एनएलआईसी) ले स्थापनाको २५औं वर्ष आइपुग्दै गर्दा १० अर्ब प्रथम बीमा शुल्क आर्जन गर्दै नेपालको जीवन बीमा उद्योगमा ऐतिहासिक रेकर्ड बनाउन सफल भएको छ ।

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविणरमण पराजुलीले कम्पनीलाई मार्गनिर्देशन प्रदान गर्ने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालक, बीमा गर्ने बीमित, बीमा अभिकर्ता, कम्पनीका कर्मचारी, सेयरधनी, नियामक निकाय तथा यस ऐतिहासिक लक्ष्यलाई मूर्तता प्रदान गर्न अहोरात्र सहयोग गर्ने सम्पूर्ण सरोकारवालालाई धन्यवाद दिए ।

एनएलआईसीले हासिल गरेको यो ऐतिहासिक उपलब्धिले बीमा बजारलाई दिशानिर्देश समेत प्रदान गरेको कम्पनीको भनाइ छ । आगामी दिनमा बीमा बजारको श्रीवृद्धिमा यसले अतुलनीय भूमिका निर्वाह गर्नेमा एनएलआईसी विश्वस्त छ ।

एनएलआईसी प्रविधिमैत्री प्रणालीहरूको अधिकतम प्रयोग गर्दै समयानुकूल सम्पूर्ण तप्कालाई उपयुक्त हुने खालका इनोभेटिभ प्रडक्टहरू ल्याउने, लगानीको प्रतिफल उच्च बनाउन लगानी विविधीकरण गर्दै जाने, कर्मचारी तथा अभिकर्ताहरूको ज्ञान, सिप र दक्षता अभिवृद्धि गर्न तालिम सञ्चालन गर्दै आमनागरिकलाई विश्वस्तरीय बीमा सेवा प्रदान गर्न कम्पनी कटिबद्ध रहेको सीईओ पराजुलीले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ