+
Search

ताजा अपडेट +

पपुलर +

खोलाको लाइसेन्स एउटा व्यक्तिको झोलामा हाल्ने प्रवृत्ति अन्त्य होस् : जनार्दन शर्मा

पालिका लाइभ
२०८२ असार ३१, मंगलवार

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले खोलाको लाइसेन्स एउटा व्यक्तिको झोलामा हाल्ने प्रवृत्तिको अन्त्य गर्न आग्रह गरेका छन् ।

आज (मंगलबार) काठमाडौंमा इप्पानको २३औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले उर्जा क्षेत्रको विकास नगर्दा नेपाली जनताको लगानी डुब्ने मात्रै नभइ नेपालीहरूको सपना पूरा नहुने समेत बताए ।

खोलाको लाइसेन्स लगानी गर्न सक्नेलाई दिएको हो वा नसक्नेलाई भन्नेबारेको हिसाब किताब पनि आफूले खोज्ने उनले बताए ।

एउटा व्यक्तिलाई योजनाहरूको लाइसेन्स थुपारिदिँदा अन्य उर्जा उत्पादन गर्न खोज्नेहरूले योजना नपाइरहेको उनले बताए ।

आज दर्जनौं परियोजनाहरू एउटा विशेष कम्पनीको नाममा, व्यक्तिका नाममा दर्ता गराइएको र उनीहरूले लगानी नगरिरहेको परिस्थिति रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ