+
Search

ताजा अपडेट +

पपुलर +

असार ३२ देखि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले ऋणपत्र जारी गर्ने

पालिका लाइभ
२०८२ असार २४, मंगलवार

काठमाडौ- शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको ऋणपत्र असार ३२ गतेदेखि निष्काशन तथा बिक्री खुला हुने भएको छ। बैंकले ८ प्रतिशत ब्याजदर दिनेगरी १० वर्ष अवधिको ‘शाइन रेसुङ्गा डिबेञ्चर’ असार ३२ गतेदेखि निष्काशन गर्न लागेको हो ।

बैंकले १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। जसको अंकित मूल्य प्रतिऋणपत्र एक हजार रहने छ । सोमध्ये ६० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी ४० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिने बैंकले जानकारी दिएको छ ।

सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि सूरक्षित राखिएको छ ।

सो ऋणपत्रमा न्यूनतम २५ कित्ता र अधिकतममा ५ लाख कित्ताका लागि आवेदन दिन सकिने छ। निष्काशन बन्द छिटोमा साउन ४ गते र ढिलोमा साउन १४ गते हुनेछ ।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ