+
Search

ताजा अपडेट +

पपुलर +

‘कुलिङ पिरियड’ गायब प्रकरणमा छानबिन गर्न समिति गठनको तयारी, सभामुखले मागे सदस्यको नाम

पालिका लाइभ
२०८२ असार २१, शनिबार

काठमाडौं– संघीय निजामती विधेयकको कुलिङ पिरियडमा भएको अनियमितताको छानबिन गर्न विशेष संसदीय समिति गठन हुने भएको छ ।

सभामुख देवराज घिमिरेसहित विभिन्न दलका नेताहरूबीच शनिवार भएको छलफलपछि यो छानबिन समिति गठन गर्ने निर्णय भएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

उनका अनुसार समिति सात सदस्यीय हुनेछ ।

यसमा नेकपा एमाले र नेपाली कांग्रेसबाट २–२ जना, तथा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १–१ जना सदस्य रहनेछन् ।

बर्तौलाले संसद्को नियमावलीको नियम १८० अनुसार समिति गठन गर्ने निर्णय भएको जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ