काठमाडौं- एभरेष्ट बैंकले शाखा विस्तारको क्रममा असार १९ गते मधेश प्रदेशको महोत्तरी जिल्ला अन्तर्गत बर्दिबास नगरपालिका–१ मा आफ्नो १३३औँ शाखा सञ्चालनमा ल्याएको छ।
बर्दिबास नगरपालिकाका मेयर प्रहलाद कुमार क्षेत्री र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङको संयुक्त उद्घाटनमा सुरु भएको शाखा समारोहमा स्थानीय जनप्रतिनिधि, उद्योगी व्यापारी, बैंकका अधिकारीहरू र नगरवासीहरूको उल्लेख्य उपस्थिति थियो।
नयाँ शाखा उद्घाटनसँगै मधेश प्रदेशमा एभरेष्ट बैंकको शाखा संख्या १५ पुगेको छ। बैंकले शाखा विस्तारमार्फत बर्दिबास क्षेत्रमा आधुनिक, सहज र पहुँचयुक्त बैंकिङ सेवा पुर्याउने विश्वास लिएको छ।
स्थानीयस्तरमा आर्थिक गतिविधिमा टेवा पुर्याउने अपेक्षा गरिएको यस शाखाको स्थापनासँगै बर्दिबास क्षेत्रको कारोबार, रोजगारी र लगानीको सम्भावना समेत बढ्ने विश्वास बैंकले लिएको छ।
भारतको पन्जाब नेसनल बैंकसँगको संयुक्त साझेदारीमा संचालित एभरेष्ट बैंकको हालसम्म देशभर १३३ शाखा, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय र १६८ एटिएम छन्। करिब १४ लाखभन्दा बढी ग्राहक सेवामा रहेको बैंकले मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङजस्ता प्रविधिमैत्री सेवा प्रदान गर्दै आएको छ।
नेपाल सरकारको राजस्व संकलनका लागि बैंकले ३२ वटा संकलन केन्द्रमार्फत सेवा दिइरहेको छ भने भारतको नयाँ दिल्लीसहित केही अन्य मुलुकमा पनि प्रतिनिधि कार्यालयमार्फत सेवा विस्तार गरेको छ।
प्रतिक्रिया