+
Search

ताजा अपडेट +

पपुलर +

नेप्से २८.९१ अंकले बढयो, ७ अर्बको सेयर किनबेच, लगानी र लघुवित्त कम्पनीमा आकर्षण

पालिका लाइभ
२०८२ असार १७, मंगलवार

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २८ दशमलव ९१ अंकले बढेको छ ।

एक दशमलव ०९ प्रतिशतको वृद्धिपछि नेप्से परिसूचक दुई हजार ६६० दशमलव ३९ अंकमा कायम भएको हो ।

आज ३०९ कम्पनीको एक करोड ५७ लाख ६४ हजार एक कित्ता शेयर ७० हजार २१४ पटक खरिदबिक्री हुँदा सात अर्ब तीन करोड ३० लाख ५० हजार २८६ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा उत्पादन तथा प्रशोधन र व्यापार समूहको  उपसूचक घटेको छभने अरू सबै समूहको उपसूचक बढेको छ ।

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सबैभन्दा धेरै नौ दशमलव ८७ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा युनिलिभर नेपाल लिमिटेडको दुई दशमलव १३ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ