+
Search

ताजा अपडेट +

पपुलर +

चुमनुव्रीकाे बजेट:

चुमनुव्रीकाे बजेट ४६ कराेड, भाषण कला सिकाउन र कर्मचारी टिकाउन १७ लाख (पूर्णपाठ)

पालिका लाइभ
२०८२ असार ५, बिहीबार

गोरखा– चुमनुब्री गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गरेको छ।

गाउँसभामा पालिकाका उपप्रमुख लक्ष्मी गुरुङले ४६ करोड ४ लाख रुपैयाँ बराबरको वार्षिक बजेट प्रस्तुत गरेकी हुन्।

बजेटमा चालु खर्चतर्फ २८ करोड २० लाख रुपैयाँ र पुँजीगत खर्चतर्फ १७ करोड रुपैयाँ विनियोजन गरिएको छ। स्थानीय सेवा प्रवाहलाई सुदृढ बनाउने उद्देश्यसहित विभिन्न कार्यक्रमहरू प्रस्ताव गरिएको छ।

पालिकाले स्थानीय जनप्रतिनिधि र कर्मचारीलाई भाषण गर्ने कला सिकाउने कार्यक्रमका लागि ७ लाख रुपैयाँ छुट्याएको छ। यस्तै, स्थायी कर्मचारी व्यवस्थापन तथा मनोबल अभिवृद्धि गर्न १० लाख रुपैयाँको कार्यक्रमसमेत बजेटमा समावेश गरिएको छ।

गाउँपालिका भित्रको सामाजिक, प्रशासनिक र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको उक्त बजेटले शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटन क्षेत्रका कार्यक्रमलाई समेत समेटेको जनाइएको छ।

पूर्णपाठ

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ