+
Search

ताजा अपडेट +

पपुलर +

पोखरा महानगर-४ का अध्यक्ष पराजुली पक्राउ

पालिका लाइभ
२०८२ बैशाख २४, बुधबार

पोखरा– पोखरा महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन् ।

वडाध्यक्ष पराजुलीले हातपात गरेको भन्दै वडा नम्बर ४ कै व्यवसायीले मंगलबार किटानी जाहेरी दिएका थिए । व्यवसायी लेखनाथ सुवेदीको जाहेरीको आधारमा वडाध्यक्ष पराजुलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पोखराको ढिकीडाँडाबाट पक्राउ गरिएका पराजुलीविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुविधा तथा नैतिकताविरुद्धको कसुरमा अनुसन्धान अगाडि बढाइने प्रहरीको भनाइ छ ।

पराजुलीले पोखरा महानगरका कर्मचारी ईश्वरीप्रसाद पोख्रेलमाथि पनि मंगलबार नै कुटपिट गरेको आरोप छ ।

कुटपिटको विरोधमा महानगरपालिकाका कर्मचारीले बुधवार सेवा–प्रवाह ठप्प पारे ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ