+
Search

ताजा अपडेट +

पपुलर +

प्रतिनिधिसभाको बैठक

‘तीनकुनेको हिंसात्मक प्रदर्शनका मुख्य दोषी ज्ञानेन्द्र शाह हुन्, कारबाही हुन्छ’

पालिका लाइभ
२०८१ चैत्र १८, सोमबार

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार तीनकुने आन्दोलनमा भएको हिंसात्मक घट्नामा संलग्न जोकोहीलाई कडा प्रशासनिक कारबाही गरिने बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले घटनामा संलग्न जुनसुकै कभरमा बसेपनि कडा प्रशासनिक कारबाही गर्ने चेतावनी दिए ।

उनले भने,‘शुक्रवार तीनकुनेमा भएको शान्तिपूर्ण आन्दोलन भनिएकोमा आपराधिक घटना सुरु गरियो । आगजनी गरियो । । मानिसलाई घरभित्रै थुनेर बाहरिबाट ताल्चा लगाएर जिउँदै जलाएर हत्या गरियो । प्रहरीको बन्दुक खोस्ने, कुटपिट गर्ने ढुंगामुडा, तोडफोड, लुटपात जस्ता आपराधिक घटना गरियो । अन्य आतंककारी काम समेत भयो । यी सबै निन्दनीय र खेलजनक क्रियाकलाप हुन् । यस्ता घटनामा संलग्नहरूमाथि जो सुकै होस्, जुनसुकै करभमा किन नहुन कडा प्रशासनिक कारबाही हुन्छ ।’

उनले यसका योजनाकार को हुन र को को संलग्न छन् भन्ने विषयमा सरकारले छानबिन र अनुसन्धान गरिरहेको पनि संसदमा जानकारी गराए।पूर्वराजा शाहले समाज बिथोल्न लागिपरेका दुर्गा प्रसाईलाई आफ्नै निवासमा डाकेर जनकमान्डर तोकेर हिंसात्मक क्रियाकलापको लागि खटाएको पनि उनको भनाई छ ।

साथै ज्ञानेन्द्रले संविधानको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लङघन गरेको पनि प्रधानमन्त्री ओलीको आरोप छ ।

उनले भने,‘यसका योजनाकार को हुन र को को संलग्न छन् । सरकारले यस विषयमा छानबिन र अनुसन्धान गरिरहेको छ । चैत्र १४ गते समाज बिथोल्न लागिपरेका एकजना व्यक्तिलाई आफ्नै निवासमा डाकेर जनकमान्डर तोक्नुभयो र हिंसात्मक वारका लागि खटाउनुभयो । प्रारम्भिक अध्ययनले स्पष्ट पार्छ । पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लङघन गर्नुभएको छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ