+
Search

ताजा अपडेट +

पपुलर +

गोरखाका स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनः बारपाक सुलिकोट पहिलो, भिमसेनथापा दोस्रो

पालिका लाइभ
२०८१ फाल्गुन ५, सोमबार

गोरखा– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा गोरखाका स्थानीय तहमध्ये बारपाक सुलिकोट गाउँपालिका उत्कृष्ट भएको छ ।

बारपाक सुलिकोट कार्यसम्पादन मूल्याङ्कमा ७०.८ अंक प्राप्त गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नजितामा उल्लेख छ । भिमसेनथापा गाउँपालिका दोस्रो भएकाे छ।

भिमसेनथापाले कार्यसम्पादन मूल्याङ्कमा ६९.६ अंक प्राप्त गरेको आयोगले जनाएको छ ।

आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कमा आरुघाट गाउँपालिकाले ६८.९ अंक ल्याएकाे छ भने चुमनुब्री गाउँपालिकाले ६७.१ अकं ल्याएको छ । त्यस्तै धार्चे गाउँपालिका र पालुङटार नगरपालिकाले समान ६६.८ अंक पाएका छन् ।

सहिद लखन गाउँपालिका ६६.४, गोरखा नगरपालिका ६०.७, गण्डकी गाउँपालिका ६० अंक, सिरानचोक गाउँपालिका ५८.६ र अजिरकोट गाउँपालिकाले ५७.१ अंक प्राप्त गरेको आयोगले सार्वजनिक गरेको नजितामा उल्लेख गरिएको छ ।

आयोगले पालिकाले समयमै सभामा बजेट पेस गरे नगरेको, पारित गरे नगरेको, खर्च अवस्था, बेरुजु, लेखापरीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे नगरेको, राजस्वको विभाजन गरे नगरेकोलगायत विभिन्न १७ वटा सूचकहरूको आधारमा मूल्याङ्कन गर्ने गर्दछ ।

आयोगले सार्वजनिक गरेको नजितामा चित्त नबुझेमा सात दिन भित्रमा आवश्यक आधार प्रमाणसहित पुनरावलोकनका लागि आयोग समक्ष निवेदन दिन पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ