+
Search

ताजा अपडेट +

पपुलर +

बालेनले भने– टिकट पाउने रंगशाला जानू, नपाउनेलाई हामी लाइभ गर्छौँ

पालिका लाइभ
२०८१ कार्तिक १४, बुधबार

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले टिकट नपाएका दर्शकहरूका लागि महानगरपालिकाले तीन ठाउँमा हेर्न सकिने व्यवस्था गरिएको जानकारी गराएका छन्।

बुधबार साँझ साढे ६ बजे हुने फाइनल खेलको टिकट लिन पुगेकाहरू निराश हुन थालेपछि महानगरपालिकाले तीन ठाउँमा लाइभ गर्ने व्यवस्था मिलाएको हो।

मेयर शाहले टिकट पाएकाहरूले रंगशाला पुगेर नेपाल र खेलाडीको समर्थन गर्न आग्रह गर्दै मेयर बालेनले अन्यले सामूहिक रुपमा नेपालको समर्थन गर्न आग्रह गरेका हुन्।

टुँडिखेल, सानो गौचरण र सिफलमा महानगरले साफ फाइनल लाइभ गर्ने

‘टिकट पाउनुहुने महानुभावहरू रंगशालामा गएर समर्थन गर्नुहोला, काठमाडौँमा हुने टिकट नपाउनेहरू हामीले टुँडिखेल, सानो गौचरण तथा चाबहिलमा देखाउने व्यवस्था गरेका छौँ। नजिक हुनेहध गएर सामूहिक रुपमा नेपालको समर्थन गर्न सक्नुहुनेछ।’

साफ महिला च्याम्पियनसिपको सातौँ संस्करणको उपाधिका लागि आज घरेलु टोली नेपाल र साविक विजेता बंगलादेश भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ साढे ६ बजे सुरु हुनेछ।

बिहानैदेखि एन्फा कम्प्लेक्स सातदोबाटो, जाउलाखेल र आर्मी ब्यारेक नजिक गरी तीन ठाउँबाट टिकट बिक्री भइरहेको छ। खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि पुग्दैछन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ