+
Search

ताजा अपडेट +

पपुलर +

अख्तियारले स्थानीय तहलाई भन्यो- एकै ठेकेदारलाई धेरै काम दिन ठेक्का नटुक्र्याउनू

पालिका लाइभ
२०८० फाल्गुन १०, बिहीबार

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक निर्माण तथा मर्मतमा एउटै कम्पनीलाई पटक–पटक विना प्रतिस्पर्धा काम नदिन निर्देशन दिएको छ ।

स्थानीय तहले वर्षभरि हुने मर्मतको कामका लागि पटक–पटक ठेक्का नगरी एउटै ठेकेदारबार कोटेसन माग गर्ने र काम दिने गरेका छन् ।

अख्तियारले यसबारे स्थानय तहलाई सचेत गराएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत अख्तियारले परिपत्र गर्दै सबै स्थानीय तहलाई सडक निर्माण तथा मर्मत लगायत कार्य गर्दा खण्डीकरण गरी एउटै आर्थिक वर्षमामा पटक–पटक एउटै व्यक्ति/फर्म/कम्पनीलाई बिनाप्रतिष्पर्धा निर्माण कार्यको जिम्मेवारी नदिन भनेको हो ।

अख्तियारले यस्तो कामको भुक्तानी दिँदा सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ लगायत प्रचलित कानूनको प्रतिकूल रही बदनियतपुर्ण कार्य समेत हुन सक्ने बताएको छ ।

सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ समेतका प्रचलित कानूनको परिपालना गर्ने गराउने गरी आवश्यक कदम उठाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन दिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ