+
Search

ताजा अपडेट +

पपुलर +

त्रिभुवन आर्मीले जित्यो आहा रारा गोल्डकपको उपाधि

पालिका लाइभ
२०८० माघ २०, शनिबार

पोखरा– त्रिभुवन आर्मी क्लब आहा रारा पोखरा गोल्डकप फुटबलको उपाधि जितेको छ ।

शनिवार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा थ्री स्टार क्लबलाई ३-० ले पराजित गर्दै आर्मीले आहा रारा पोखरा गोल्डकप को उपाधि जितेको हो ।

आर्मीको जितमा जिलेस्पी जंग कार्की, फत्तेमान घले र वसन्त जिम्वाले एक-एक गोल गरेका थिए ।

उपाधि जितेको आर्मीले १२ लाख एक हजार नगदसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता बनेको थ्री स्टारले ६ लाख एक हजार नगद प्राप्त गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ