+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौं महानगरले चार हजार जनालाई साइबर सेक्युरिटी तालिम दिँदै

पालिका लाइभ
२०८० पुष २९, आईतवार

काठमाडौं– काठमाडौं महानगरपालिकाले साइबर सेक्युरिटी तालिम दिने भएको छ। महानगरले चार हजार जनालाई तालिम दिलाउने भएको हो।

‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ गौरव योजनाअन्तर्गत १५ हजार जनालाई तालिम दिने र ५ हजार जनालाई रोजगारीमा आबद्ध गराउने लक्ष्य छ। त्यसअन्तर्गत इसी काउन्सिल र ग्याप टेक्नोलोजिजसँगको सहकार्यमा साइबर सेक्युरिटी तालिम सुरु गर्न लागिएको महानगरपालिकाले जनाएको छ।

माघ २ गते यो तालिमको औपचारिक सुरुवात गर्ने तालिका छ। यो सहकार्यबाट ५ करोड रुपैयाँको छात्रवृत्ति प्रदान गरिनेछ।

साइबर सुरक्षा, सीप रोजगारमूलक शिक्षा भएको भन्दै तालिमले व्यक्तिलाई सम्भावित साइबर अपराधबाट बचाउने र सीपबाट रोजगार क्षेत्रमा आवद्ध हुन सक्ने महानगरले जनाएको छ।

सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार साइबर सुरक्षाका लागि काम गर्न इच्छुक विद्यार्थी र पेसाकर्मीहरुलाई तालिममा साइबर जोखिमबाट बचाउने ज्ञान र सीप प्रदान गरिनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ