+
Search

ताजा अपडेट +

पपुलर +

चुमनुब्रीको नीति तथा कार्यक्रम : निषेधित क्षेत्र खुल्ला गर्ने देखि पालिकाको भवन निर्माण गर्नेसम्म

पालिका लाइभ
२०८० असार ६, बुधबार

गाेरखा- चुमनुब्री गाउँपालिका नीति तथा कार्यक्रम ल्याएकाे छ । जिल्लाका एघार स्थानीयमध्ये चुमनुब्रीले सबैभन्दा पहिला नीति तथा कार्यक्रम ल्याएकाे हाे ।

चुमनुब्रीकाे नीति तथा कार्यक्रममा उत्तरी गाेरखाकाे निषेधित क्षेत्र खुल्ला गर्नेदेखि गाउँपालिकाकाे प्रशासकीय भवन निर्माण गर्नेसम्मका याेजना समेटिएका छन् ।

आइतबार सम्पन्न १३ औ गाउँसभा आगामि आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम अनुमोदनसमेत गरेकाे छ ।

‘दिगो विकास, अनुपम संस्कृति, उन्नत पर्यटन, समृद्ध चुमनुब्री’ भन्ने नाराका साथ पालिकाले आइतबार आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

आइतबार पालिकाका प्रमुख निमा लामाले सार्वजनिक गरेको नीति कार्यक्रममा स्वास्थ्य, शिक्षा, पूर्वाधारको आगामी चार वर्षको गुरुयोजना तयार गर्ने याेजना समावेश गरिएकाे छ ।

पालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उत्तरी क्षेत्रको छेकम्पारको ङुइला क्षेत्रको नाका र सामागाउँको रुइला नाका खुल्ला गर्न कुटनीतिक माध्यमबाट सरकारसँग पहल गर्ने, निषेधित क्षेत्र खुल्ला गरी खुल्ला पर्यटकीय नीति अबलम्बन गर्ने र गाउँपालिकाको प्रशासकीय भवनलाई केन्द्रिय सरकारसँग समन्वय छिटो निर्माण सम्पन्न गर्ने जनाएको छ ।

त्यस्तै, मनास्लु पर्यटकीय पदमार्गलाई स्तरउन्नति गरिने, उत्तर दक्षिण लोकमार्ग अन्तरगत छेकम्पार सामागाउँ जोड्ने सडकखण्डलाई प्राथमिकताका साथ अघि बढाउने, गाउँपालिकाको सदरमुकाम जोड्ने मोटररेबल पुललाई अघि बढाउने, गाउँपालिकालाई प्लाष्टिक, सिसाबाट प्रदुषण मुक्त क्षेत्र घोषणा गर्ने पनि अध्यक्ष लामाले जानकारी दिए ।

पालिकाभित्रका सबै सरकारी कार्यालयमा नागरिक वडापत्र अनिवार्य व्यवस्था गर्ने, शिक्षक, सरकारी कर्मचारी, गाउँ कार्यपालिकाको वार्षिक क्यालेन्डर तयार गर्ने, सम्पूण सरकारी कार्यालयको जिन्सी सामग्री दुरुस्त राख्ने पनि नीति तथा कार्यक्रम उल्लेख छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ