काठमाडौँ- तनहुँ क्षेत्र नम्बर १ को मतगणना जारी छ। मतगणना अन्तिम चरणमा पुग्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले फराकिलो मतान्तर बनाएका छन्।
पछिल्लो मतपरिणाम अनुसार तनहुँ–१ का ३५ वटा वडाको मतगणना सकिएको छ।
उपनिर्वाचनमा ६३ हजार ७५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।
३५ वडामा ५१ हजार २ सय १९ मतगणना सकिएको जनाइएको छ। अब यहाँ १२ हजार ५३८ मत गन्न बाँकी छ।
वाग्लेले २६ हजार ८२७ मत प्राप्त गरेका छन्। त्यस्तै, दोस्रो नम्बरमा रहेका सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १५ हजार ४ सय ५४ मत प्राप्त गरेका छन्।
वाग्ले र भट्टराईको मतान्तर ११ हजार ३ सय ७३ मतको रहेको छ।
प्रतिक्रिया