+
Search

ताजा अपडेट +

पपुलर +

डा. गोविन्द केसीले आज साँझबाट सत्याग्रह सुरु गर्ने

पालिका लाइभ
२०७९ भाद्र २७, सोमबार

काठमाडौं- चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आज साँझबाट सत्याग्रह सुरु गर्ने भएका छन् ।

चिकित्सा शिक्षा सुधारका ७ बुँदे माग राखी साँझ ५ बजेदेखि सत्याग्रह सुरु गर्न लागेको डा.केसी निकट स्रोतले बताएको छ ।

सत्याग्रह सुरु गर्न डा. केसी धनगढी जाँदै छन् भन्ने कुरा बाहिरिएको छ।

चिकित्सा शिक्षा सुधारका अभियन्ताको रुपमा भन्दा उनी सत्याग्रह बढी गर्ने व्यक्ति भनेर चिनिन्छ ।

उनले पटकपटक सत्याग्रह गरेर चिकित्सा शिक्षा सुधारमा केहि सुधार ल्याएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ