+
Search

ताजा अपडेट +

पपुलर +

अर्थमन्त्रीको प्रश्न– एमसीए नेपालको अफिस किन पाँचतारे होटलमा?

पालिका लाइभ
२०७९ भाद्र ३, शुक्रबार

काठमाडौँ– मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल (एमसीए नेपाल)को कार्यालय पाँचतारे होटल याक एण्ड यतिमा राखिएको विषयमा अर्थमन्त्री जनार्दन शर्माले प्रश्न उठाएका छन् ।

अर्थ मन्त्रालय मातहत नै रहेको यस कार्यालय पाँचतारे होटलभित्र राखिनु नहुने आशयमा अर्थमन्त्री शर्माले प्रश्न गरेका हुन्।

एमसीए नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले आयोजित एक कार्यक्रममा अर्थमन्त्री शर्माले जिज्ञासा राखेका हुन्।

उनले भने, ‘अर्थमन्त्रीज्यूले पनि केही समयअगाडि होटलपरिसरमा नै कार्यालय राख्नुबारे जानकारी लिनुभएको थियो। तर यो कायम टेण्डर प्रक्रियाबाट नै भएको हो। सहज पार्किङ र सुरक्षाको दृष्टिबाट पनि राम्रो छ।’

होटलमा भएकै कारण धेरै खर्च समेत नरहेको उनको भनाइ छ। तर यसमा धेरै कुराहरु उठेको खण्डमा सोच्न समेत सकिने उनले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ