+
Search

ताजा अपडेट +

पपुलर +

माओवादी स्थायी कमिटी बैठक बस्दै, महासचिवमा देव गुरुङ

पालिका लाइभ
२०७९ भाद्र २, बिहीबार

काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ। बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी दिएको छ।

आजको बैठकले केन्द्रीय समिति, पोलिटब्यूरो, स्थायी समिति र पदाधिकारीको टुंगो लगाउने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन्।

‘हाम्रो विस्तृत छलफल भयो। करिब करिब हामी टुंगोमा पुगेका छौँ। भोलि बिहान ८ बजे सबै टुंगो लाग्छ।’ बुधबार दिउँसो बसेको स्थायी कमिटी बैठकपछि महराले भनेका छन्।

माओवादीको आठौं महाधिवेशन सकिएको सात महिना पूरा भइसक्दा पनि अहिलेसम्म पदाधिकारी, स्थायी कमिटी चुनिन सकेको छैन् भने पोलिटब्यूरो र केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन्।

मुख्यगरी, महासचिव कसलाई बनाउने भन्ने निर्णय लिन नसक्दा पदाधिकारी चयनको विषय सकस बन्दै गएको थियो।

माओवादीको विधान अनुसार अध्यक्ष १ जना, बरिष्ठ उपाध्यक्ष १ जना, अन्य उपाध्यक्षहरु, महासचिव १ जना, उपमहासचिवहरु, सचिवहरु, कोषाध्यक्ष र सदस्यहरु रहने व्यवस्था छ।

महासचिवमा देव गुरुङ

प्रचण्डले नेता गुरुङलाई महासचिव बनाउने तयारी गरेका छन् । माओवादी उच्च स्रोतका अनुसार प्रचण्डले बिहीबार महासचिवमा गुरुङको नाम घोषणाको तयारी गरेका छन् ।

माओवादीको महासचिवमा नेताहरु जनार्दन शर्मा र वर्षमान पुन आकांक्षी थिए । तर प्रचण्डले ती दुईमध्ये कुनै एक जनालाई महासचिवको जिम्मेवारी दिँदा अर्को नेतासँग सम्बन्ध बिग्रन सक्ने आकलन गरी तेस्रो विकल्प खोजी गरेको माओवादी स्रोत बताउँछ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ