+
Search

ताजा अपडेट +

पपुलर +

बाबुरामले मागे गठबन्धनमा हकदाबी, देउवाको जवाफ- सल्लाह गरेर खबर गर्छु

पालिका लाइभ
२०७९ श्रावण २४, मंगलवार

काठमाडौं– सत्ता गठबन्धनकै एक हिस्सा बन्न खोजिरहेको जसपाबाट विभाजित नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई प्रधानमन्त्री तथा गठबन्धनका नेता शेरवहादुर देउवासँग छलफल गर्न बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेसपाका अर्का अध्यक्ष महिन्द्र राय यादव पनि सहभागी छन् ।

प्रधानमन्त्रीसँग समसामयिक राजनीतिक विषय, गठबंधन, चुनावी तालमेल लगायतका विषयमा छलफल भइरहेको नेसपाका नेता विश्वदीप पाण्डेले जानकारी दिए ।

बाबुराम भन्छन्- हाम्रो पनि हकदावी छ

अर्का अध्यक्ष यादवसहित बालुवाटार पुगेका भट्टराईले चुनावी गठबन्धनकै बारेमा छलफल गरेको नेसपाका नेता पाण्डेले बताए ।

‘मैले पनि सोचिरहेको थिएँ, गठबन्धनमा तपाईँहरुलाई पनि सहभागी गराएर जानुपर्छ भनेर ।’, प्रधानमन्त्री देउवाले भने, ‘म सकारात्मक छु । एकपटक म अन्य गठबन्धनका दलहरुसँग पनि सल्लाह गरेर खबर गर्छु ।’

जवाफमा भट्टराईले भने, ‘यो गठबन्धन बनाउन हाम्रो पनि ठूलो भूमिका छ । त्यसकारण यो गठबन्धनमा हाम्रो पनि हकदाबी लाग्छ ।’

उनीहरुबीचको कुराकानी सकारात्मक भएको र केही दिनपछि फेरि छलफल गरेर निष्कर्षमा पुग्ने बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ