+
Search

ताजा अपडेट +

पपुलर +

जनार्दन शर्मा भन्छन्- मैले ल्याएको बजेट कार्यान्वयन भए माओवादीले २७० ठाउँ जित्छ

पालिका लाइभ
२०७९ असार २३, बिहीबार

काठमाडौं– अर्थमन्त्रीबाट राजीनामा दिएका नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले माओवादीको महाधिवेशनले निर्देशित गरेबमोजिम समाजवादी क्रान्तिको आधार तय गर्ने बजेटलाई सेबोटेज (ध्वस्त) गर्न आफ्नो राजीनामा गराइएको दाबी गरेका छन् ।

केन्द्रीय कमिटीको बैठकमा बिहीबार सम्बोधन गर्दै शर्माले आफूले ल्याएको बजेट कार्यान्वयन हुने हो भने अब माओवादीले २७० ठाउँ जित्ने बताए । उनले माओवादीको नीति लागू हुने भयो भनेर एमालेले षड्यन्त्र गरेको आरोप लगाए ।

उनले भने, ‘अध्यक्ष कमरेडले १७० भन्नुहुन्थ्यो, म भन्छु यो बजेट कार्यान्वयन भयो भने २७० आउँछ । संसदमा हिजो पनि जुन ढंगले अट्याक भयो, त्यसमा हाम्रो अगाडि लिडरशीपको रोबाट उठेर ठाउँको ठाउँ प्रतिवाद गर्नुपर्थ्यो । सभामुखले पनि समय दिनुभएन हाम्रा साथीहरुलाई । सभामुखले समय दिनुपर्थ्यो ।’

शर्माले बजेटमाथि भएको हमलाको सामूहिक प्रतिरोध गर्न बैठकलाई आग्रह गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ