+
Search

ताजा अपडेट +

पपुलर +

नारायणगढबाट भच्चेक जाँदै गरेकाे बस राम्चेमा दुर्घटना, २० जना घाइते

पालिका लाइभ
२०७९ असार २२, बुधबार

गोरखा– चितवनको नारायणगढबाट अजिरकाेट गाउँपालिकाकाे भच्चेक जाँदै गरेकाे बस दुर्घटना भएकाे छ ।

ना ५ ख ५३०५ नम्बरको यात्रुबाहक बस बुधवार दिउँसो सिरानचोक गाउँपालिका ४ राम्चेमा दुर्घटना भएको हाे ।

दुर्घटनामा परी २० जना घाईते भएका छन् । पाँच जनाको चितवन र १५ जना घाईतेको गोरखा नगरपालिका-१०, छेपेटारस्थित पृथ्वीनारायण सामुदायिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएकाे छ ।

गुडिरहेको बस सडकमा पल्टिँदा सबै यात्रु घाईते भएका हुन् । दुर्घटनाको कारण भने खुलेको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ