+
Search

ताजा अपडेट +

पपुलर +

आलोचना भएपछि प्रचण्डले भने : अब खुमलटारबाट डेरा सर्छु, गाउँ फर्किने सोच्दैछु

पालिका लाइभ
२०७८ पुष १६, शुक्रबार

काठमाडाैं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले बसिरहेको खुमलटार निवास छाड्ने बताएका छन्।

काठमाडौंमा जारी आठौं महाधिवेशनमा सोमबार प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले यस्तो भनेका हुन्।

‘निकै आलोचना भयो, अब गाउँ जाने सोचिरहेको छु’, उनले भने, ‘निर्णय नै त गरिसकेको छैन। तर खुमलटार छाडेर गाउँ जाने कुरा सोचिरहेको छु।’ माओवादीका महाधिवेशन प्रतिनिधिहरुले प्रचण्ड महँगो घरमा बसेको भन्दै आलोचना गरेका थिए।

कार्यकर्तालाई साधारण जीवन बिताउनुपर्छ भनिरहँदा आफ्नो जीवन शैली र बसाइलाई लिएर प्रतिनिधिहरुले आलोचना गरेपछि प्रचण्डले खुमलटारबाट डेरा सर्ने बताएका हुन्।

‘डेरा सर्नेबारे सोचिरहेको छु’, उनले भने, ‘कार्यकर्ताको भावनाको पनि सम्मान गर्छु।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ